जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन :  मन्त्री सिह्ना 

सोमबार, असोज ६, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिह्नाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरूको आहुति खेर नजाने बताएका छन् । सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरूको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।  उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो, जुन कुरा उठाउनुभयो त्यसका लागि काम गर्नुपर्नेछ । जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान पनि गुमाउनु परेको छ । उहाँहरूले दिनु भएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जाँदैन् भन्ने विश्वास लिएको छु । मैंले जुनसुकै काम गर्दा पनि उहाँहरूको अनुहार मेरो अगाडि आउँछ । घाइतेहरूको अनुहार पनि आउँछ । सायद त्यसले मलाई ऊर्जा पनि दिन्छ ।’ यस्तै, उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए । 
उनले भने, ‘उद्योग र देशको अर्थ व्यवस्था चलाएमान भएन भने युवा साथीहरूले देशभित्र बस्ने वातावरण बन्न सक्दैन् । त्यो वातावरण बनाउनको लागि उहाँहरूको क्षमता विकास गर्नुपर्ने अवस्था पनि छ । सबैभन्दा पहिला युवाहरूको सीप व्यवस्थापन, रोजगारीका कुराहरु नै पहिलो प्राथमिकता हुनेछ । जसको मृत्यु भएको छ, जो घाइते हुनुहुन्छ उहाँहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने विषयमा छलफल गर्नेछु ।’
Photo-(11)-(2)-1758553814.jpg
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार