बुबालाई साक्षी राखेर नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण

सोमबार, असोज ६, २०८२

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खरेलले पदभार ग्रहण गरेका हुन् । आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरूलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरूसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए । पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार