सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ५ जनालाई मन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । अन्तरिम सरकारकी प्रधानमउद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएकी छन् । त्यस्तै मदन परियार कृषिमन्त्रीमा र जगदीश खरेल सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। परियार राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक हुन्। जगदीश खरेल पत्रकार हुन् । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।