साउन ३ गतेबाट मतदाता नामावली सङ्कलन-अद्यावधिक हुँदै

शुक्रबार, साउन १, २०७८

काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको आजको बैठकले साउन ३ गते देखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक  गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगन गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासँगै मतादाता नमावली सङ्कलन तथा अद्यावधिक चालु गरिने भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार