सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । नेकपा एमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरू जायज रहेको बताका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै नेता महासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनका मागहरु जायज रहेको धारणा राखे । भ्रष्टाचार बन्द होस, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरू एक दम जायज रहेको र यो नेकपा एमालेको पनि माग रहेको उनले बताए । भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपीट लगायतका घटनामा देशी विदेशी षड्यन्त्रकारीहरूको हात रहेको उनले बताए । नेता महासेठले ती देशी विदेशी षड्यन्त्रकारीहरूले नै जेनजी युवाहरुको हत्या गरेको बताए । जेनजीको शरीरमा लागेको गोली नेपाल प्रहरी वा नेपाली सेनाको नभएको नेता महासेठले दाबी गरे । आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए । नेता महासेठले ती सम्पूर्ण घटनाको निश्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । नेता महासेठले विगतमा भएका गल्तिहरूलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।