एमालेले मनायो पार्टी कार्यालयमै संविधान दिवस 

शुक्रबार, असोज ३, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुने भनिएपछि ओली उक्त कार्यक्रममा सहभागी भएनन् । 
ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुरस्थित डेराको घरमा सरेका थिए । ओली कार्यक्रममा उपस्थित हुने भनेपछि सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार