सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, असोज ३, २०८२

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १६ हजारमा कारोबार भइरहेको छ ।  यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।  बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी आज २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार