शहीद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग

शुक्रबार, असोज ३, २०८२

सिरहा । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले शहीद घोषणा गरेको छ ।  स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको छ । लहान नगरपालिकाले शहीद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त घोषणा गर्दै शहीद चौधरीकी चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए ।  यसअघि नै सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ । गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । घटनाको नौ दिनपछि मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार