सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद् भवनको अनुगमन गरेका छन् । आज (बिहीबार) संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन् । आन्दोलपछि उनी आज नै सार्वजनिक पनि भएका हुन् । अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायत अन्य सांसदहरू पनि सहभागि थिए । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संस्थाहरु पनि जलेका थिए ।