अर्को विद्रोह निम्ताउने गरी काम हुँदैन् : गृहमन्त्री अर्याल

बिहीबार, असोज २, २०८२

काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।  निर्वाचन आयोगसँग बिहीबार भएको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे ।  उनले भने, ‘अब निर्वाचन मिति घोषणा भइसकेको छ । मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ । त्यसलाई अध्यादेश ल्याएर संशोधन गर्नुपर्ने हुन्छ । दल दर्तामा पनि कहीं समस्या छ कि खोजी गरौं भनेर भनेका थियौं । समस्या छैन भन्ने कुरा आएको छ ।’ त्यस्तै उनले नयाँ दलहरूको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने हो त्यसको सूचना बैलैमा दिनुपर्ने धारणा राखे । यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरू बन्न नसक्नेगरी काम गर्न निर्देशन दिए ।  ‘नयाँ दलहरूको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरूमा उहाँहरूलाई समावेश गर्नुपर्छ । त्यसैले बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ ।  ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौं । किनकी यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ । निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरू बन्न नसकोस् ।’

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार