सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् । बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले निर्वाचन आगोगलाई कुनै पनि सरकारले निर्देशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नुपर्ने देखिएको बताए । उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न र निर्वाचन गराउने कुरा दाबी गरे । उनले यो सरकारको काम नै निर्वाचन गराउने हो भन्दै निर्वाचन समयमै गरिएन भने असफल हुने समेत बताए । उनले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले निर्वाचनका लागि पूर्वाधारहरू तयार गर्न पर्ने भन्दै त्यस्का लागि सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए । उनले अहिलेको स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यस्का लागि जति पनि संरचना आवश्यक पर्छ चाहे त्यस्को समन्वय गर्न आवश्यक रहेको बताएका छन् । ‘यो सरकारको मुख्य काम नै फ्रि र फेयर इलेक्सनका गराउनु हो । त्यस्का लागि केही पूर्वधारहरू तयार गर्नुपर्ने हुन्छ । त्यसका लागि सामाजिक सुरक्षा पहिलो सर्त हो । स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यसका लागि जतिपनि लजेस्टीकहरू आवश्यक पर्छ, संरचना आवश्यक पर्छ चाहे त्यो कानुनी होस्, चाहे भौतिक संरचना होस् समन्वयहरू आवश्यक पर्छ । निर्वाचन आगोगलाई कुनै सरकारले निर्देशन दिन मिल्दैन । सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नपर्ने देखिएको छ । निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका कतैबाट भइरहेको भए पनि निर्वाचन हुन्छ नै । यो सरकारको काम नै निर्वाचन गराउने हो । हामीले निर्वाचन समयमै गरेनौँ भने असफल हुन्छाँै । असफलताको दाग नलागोस् भनेर तयारीमा छौँ’, उनले भने ।