जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

बिहीबार, असोज २, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो । सबैभन्दा बढी बीमा दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३६६ वटा बीमा दाबी परेको उक्त कम्पनीमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ बराबरको दाबी परेको उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार