नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

बिहीबार, असोज २, २०८२

काठमाडौं । नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ । जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो । यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो । पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार