सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमाले को बैठक चलिरहेको बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरु बैठक स्थल पुगेका छन् । बैठकमा उनीहरूले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरेका थिए । तर उनीहरूको आग्रह पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । ओलीले बैठक रोक्न नमानेपछि माधव नेपाल निकटका नेताहरु बैठक स्थलबाट बाहिरिएका थिए । कार्यदलमा माधव समूहका नेता डा. भीमबहादुर रावलले शीर्ष तहमा छलफल र परामर्शमा बैठक चलाउन गर्न माग गरिएको जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन । माधव समूहको आग्रहलाई ओली पक्षले अस्वीकार गरेपछि एमाले भित्रको विवाद चुलिँदो छ ।