सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । पशु अधिकार र कल्याणको क्षेत्रको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था स्नेहाज केयरले जेनजी आन्दोलनपछि लगाइएको बेला कर्फ्यु र निशेधाज्ञाका बेलामा सामुदायिक कुकुर खानेकुरा खुवाएको छ । स्नेहाज केयरले ललितपुर महानगर क्षेत्र, सिंहदरबार, भद्रकाली, माइतीघर लगायतका क्षेत्रमा रहेका झण्डै एक हजार सामुदायिक कुकुरलाई खाना खुवाएको हो । स्नेहाज केयरकी संस्थापक अध्यक्ष एवम् पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले कर्फ्यु र निषेधाज्ञाका बेला खान नपाएका सामुदायिक कुकुरलाई खानाको व्यवस्था गरेको बताइन् ।
उनले भनिन्,‘ कर्फ्यु, निषेधाज्ञाको बेलामा हामी मान्छेको बारेमा मात्रै सोच्छौँ, तर सबै भन्दा प्रभावित जनावर हुन्छन् , त्यसैले स्नेहा केयरले खानाको व्यवस्था गरेको हो । ’ स्नेहाज केयरले बुधबारदेखि खाना खुवाएको हो । भवन जलेर नष्ट हुँदा पनि कुकुर कतै नगई आगलागी र तोडफोड भएको क्षेत्रमा नै बसेको स्नेहाले बताइन् । उनले भनिन् , ‘यसबाट पनि थाहा हुन्छ कुकुर कति धेरै इमान्दार प्राणी हो भन्ने कुरा ।’ फुटेका शिशाका कारण कुकुरको खुट्टामा चोट लागेको छ । आगलागीका कारण भएको धुँवाका कारण सामुदायिक कुकुरमा त्यसको असर समेत परेको छ । सामान्य अवस्थामा सामुदायिक कुकुरले घर, होटेलबाट पेट भर्ने गर्थे । सिंहदरबारभित्रका कुकुरले भने सिंहदरबारमा रहेको क्यान्टिनबाट पेट भर्थे । स्नेहाज केयरले कोभिडको बेला भएको लकडाउन र अन्य प्रकोपको बेलामा पनि सामुदायिक कुकुरलाई खाना खुवाएको थियो । स्नेहाज केयरले वेवारिसे अवस्थामा रहेका कुकुर र अन्य जनावरलाई आश्रम दिँदै आएको छ ।