२८ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १६ महिनाको आयात धान्ने

सोमबार, भदौ ३०, २०८२

काठमाडौँ । नेपालसँगको विदेशी मुद्रा सञ्चिति २८ खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको असार मसान्तमा कुल सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४।८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।  त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२।० प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।  पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०।४ महिनाको वस्तु आयात र १६।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार