सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भदौ २३ र २४ गते भएको आन्दोलनमा सरकारी पक्षबाट भएको दमनबाट प्रदर्शनकारी र सुरक्षाकर्मीको ज्यान गएको घटनाप्रति विभिन्न ६ वटा ट्रेड युनियनहरूले दुःख व्यक्त गरेका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युनियनले उक्त घटनामा परी सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरू प्रति भावपूर्ण श्रद्धाञ्जलि शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । युनियनले मृतकका परिवारजनहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी घाइतेहरूको निःशुल्क र सिघ्र उपचारको माग गरेको छ । युनियनले शान्तिपूर्ण प्रदर्शनका क्रममा घटेको घटनाको न्यायिक छनविन गरी सार्वजनिक तथा ब्यक्तिगत सम्पत्तिको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषिहरू पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत राष्ट्रियस्तरका ट्रेड युनियनहरूले माग गर्दै निजामति क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूको तर्फबाट ८ बुँदे माग गरेको छ । संयुक्त प्रेस विज्ञप्ति २०८२ साल भदौ २३ र २४ गते सामाजिक सञ्जालको निर्वाध प्रयोग, भ्रष्टाचारको अन्त्य र सुशासनलगायतका माग राखि जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारी पक्षबाट असावधानी पूर्णढंगबाट भएको दमनबाट प्रदर्शनमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीलगायतको ज्यान गएको घटनाप्रति हामी राष्ट्रियस्तरका ट्रेड युनियनहरू दुःख व्यक्त गर्दछौं । उक्त घटनामा परी सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरू प्रति भावपूर्ण श्रद्धाञ्जलि शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना, मृतकका परिवारजनहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइतेहरूको निःशुल्क र सिघ्र उपचारको माग गर्दछौं । शान्तिपूर्ण प्रदर्शनको क्रममा घटेको घटनाको न्यायिक छनविन गरी सार्वजनिक तथा ब्यक्तिगत सम्पत्तिको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषीहरू पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत हामी राष्ट्रियस्तरका ट्रेड युनियनहरू माग गर्दछौं । साथै निजामती क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरूका तर्फबाट देहाय बमोजिम गर्न गराउन सम्बद्ध पक्षहरूमा हार्दिक अपिल गर्दछौं । १. सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा यस गम्भिर परिस्थितिमा आफु सुरक्षित रहँदै संयमित भएर आवश्यक सेवा सहजिकरण गरिदिन हुन र सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरूलाई आन्दोलनको क्रममा घाईतेहरूको उद्धार, उपचार र सहायतामा अविचलित रहि निरन्तर लागि रहनका लागि आह्वान गर्दछौं । २. परिवर्तित सन्दर्भमा यस आन्दोलनबाट उत्पन्न परिस्थितिलाई आत्मसाथ गर्दै सम्पूर्ण राष्ट्रसेवकहरूलाई सेवा प्रवाहको लागि सुरक्षित वातावरण निर्माण गर्नका लागि आग्रह गर्दछौं । साथै सम्बद्ध पक्षसँग समन्वय गरी आ–आफ्नो क्षेत्रका कार्यालयहरूको सरसफाई तथा अभिलेखको सुरक्षा र संरक्षण गर्दै वर्तमान परिस्थितिलाई अनुकुलतामा परिणत गरी नागरिकको सेवा प्रवाहमा जुट्न सम्पूर्ण राष्ट्रसेवकहरूमा हार्दिक अनुरोध गर्दछौं । ३. क्षति भएका सार्वजनिक पूर्वाधारको संरचनाहरूको पूर्णनिर्माणका लागि अधिकार सम्पन्न पूर्णनिर्माण कोष निर्माण गरी स्वेच्छिक आर्थिक सहयोगका लागि सम्बद्ध सबैमा अपिल गर्न सरकारसँग अनुरोध गर्दछौं । साथै उक्त कार्यमा सहयोग पुर्याउन हामी राष्ट्रियस्तरका सबै ट्रेड युनियनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । ४. मिति २०८२ भाद्र २३ र २४ गते भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अधिकार सम्पन्न न्यायिक आयोगको गठन र विगतदेखि वर्तमानसम्म जुनसुकै व्यक्ति वा संस्थाबाट भएको अनियमितता र भ्रष्ट्राचारको यथार्थ जाँचबुझ गरी कारबाहीको दायरामा ल्याउन र अनधिकृत सम्पत्ति राज्यकोषमा जम्मा हुने गरी उच्च स्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग अनुरोध गर्दै उक्त कार्यमा सहयोग पुर्याउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौं ।