अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीहरूले आज शपथ लिएका छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालले शपथ लिएका हुन्  । राष्ट्रपति कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रम आयोजना गरिएको हो ।  प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् । अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। उनीहरूले आजै पदभार सम्हाल्ने छन् । शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी भएका थिए ।  पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।  अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार