भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : विजय प्रसाद मिश्र

सोमबार, भदौ ३०, २०८२

काठमाडौं ।  नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष प्रा.डा. विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असंभवजस्तै रहेको बताएका छन् ।  उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरण विना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे । ‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रवन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले भने, ‘त्यसपछि मात्र काम गर्ने कुरा आउँछ । अहिलेको भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन ।’ उनले बार एसोसिएसनको अवस्था पनि समान रहेको भन्दै हाल न्यायिक प्रक्रिया लगभग अवरुद्ध भएको बताए । ‘कामकारवाही अवरुद्ध छ, सेवा प्रवाह असम्भवजस्तै छ,’ उनले भने । घटनाको अनुसन्धान आवश्यक रहेको धारणा राख्दै मिश्रले जेनजीको सुरुवातमा सुशासन र भ्रष्टाचारविरोधी नारामा उठान गरिए पनि पछिल्लो घटनाक्रमले शंका उब्जाएको बताए । 
हाल सेवाग्राहीलाई आफ्नो उपस्थितिमा नाम टिपाउने, म्याद गुज्रिएको छैन भन्ने सुनिश्चित गर्दै अदालत जाने व्यवस्था मिलाइएको छ । स्थिति सहज भएपछि थुनुवा, महिला तथा राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकतामा राखी अदालतमा लैजाने तयारी भइरहेको मिश्रको भनाइ छ । उनका अनुसार अदालतबाट पुराना मिसिलहरू पक्ष–विपक्षसँग संकलन गर्ने प्रक्रिया सुरु भएको छ । साथै, बार बिल्डिङ पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्ने जानकारी लिन आफूहरू स्थलगत अवलोकनमा आएको पनि उनले जानकारी दिए । उनले भने, ‘जेनजीहरुको सुरुमा शुसासन र  भ्रष्टाचारविरोधी भन्ने मात्रै थियो । अब यसमा छानविन गर्नुपर्ने अवस्था छ । सेवा ग्राहीले  अहिले आफ्नो उपस्थितीमा नाम टिपाउने हो । आफ्नो तारिक म्याद गुज्रिएको छ की छैन अदालतबाट निष्ठा लिएर जाने हो । त्यसपछि स्थिति सहज बनेपछि थुनुवाको मुद्दा, महिलाको मुद्दा, राष्ट्रिय सरोकारका मुद्दाहरुमा अदालत जाने भन्ने हाम्रो सुझाव रहेको छ । अदालतबाट पुराना मिसिलहरु पक्ष विपक्षसँग संकलन गर्नेे । हामी पनि केही काम सघाउनका लागि बार बिल्डिङको कसरी पुर्ननिर्माण हुन्छ भन्ने कुरा हेर्न आएका हौं ।’ 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार