वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त 

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । 
महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा स्वीकृत गरी भण्डारीलाई राष्ट्रपतिले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यो नियुक्तिसँगै भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार