सुमना श्रेष्ठले छोडिन् रास्वपा

आइतबार, भदौ २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । केही समय अघि उनले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।  रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन्,‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ उनको यो भनाई रास्वपाका नेतृत्वप्रति लक्षित छ । खासगरी रवि लामिछानेसँग उनको असन्तुष्ठि रहेको छ ।  उनले भनिन्, ‘कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने।’ ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला मैले पार्टी छोडें’, उनले भनिन् ।  उनले कांग्रेस एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि उपयुक्त समय आएको भन्दै सोच्न सल्लाह दिएकी छन् । ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्’, उनले भनेकी छन् । 

sumana--1757833586.png
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार