सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मृतकलाई शहीद घोषणासहित राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ। यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।