सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले नागरिक उन्मुक्ति पार्टी छाडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न । अब आजबाट म अलग अभियानमा छु । मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथीहरूले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु । म राजनीतिक व्यक्ति हो म यत्तिकै बस्न सक्दिन, आजैदेखि म पार्टी निर्माणमा लाग्ने छु ।’ उनले रञ्जितासँग आफ्नो कुनै दुस्मनी नभएको बताउँदै दुस्मनी देशका राष्ट्रिय फटाहाहरूसँग रहेको बताए ।