नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

आइतबार, भदौ २९, २०८२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनलाई सिंहदरबारमा मुख्यसचिव एक नारायण अर्यालसहितका सचिवहरूले स्वागत गरेका थिइए । जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् 

प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी छन् ।  आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुअघि उनले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।  पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार