मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता

आइतबार, भदौ २९, २०८२

जनकपु । मधेश प्रदेश सरकारबाट जनमता पार्टी बाहिरिएको छ । जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरू फिर्ता बोलाएको जानकारी गराएका छन् । जेनजी आन्दोलनका दिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो फेसबुक पेज मार्फत् मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । तर, हिजो फेरि केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले परिस्थितिलाई मध्यनजर गर्दै माहोल शान्त बनाउन मात्र आफूले राजिनामा दिएको घोषणा गरेको भन्ने प्रतिक्रिया दिएको सामाचारहरू आएको थियो । मधेश प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहको कुनै राजिनामा सम्बन्धि पत्र प्रदेश प्रमुख कार्यालयमा आएको थिएन । संसदीय दलका नेता महेश यादवले हिजो प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्ता लिएको सुचना दिएसँगै मधेश प्रदेश सरकार ढलेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार