सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका ५१ जना युवाहरूको सम्झनामा सदरमुकाम गमगढीमा रहेको बिपी चोकमा श्रद्धान्जलि सभा गरिएको छ । सभापछि जेनजी युवाहरूले सफलता हाँसिल गरी अन्तरिम सरकार निर्माण भएपछि स्मृतिमा सभा आयोजना गरिएको हो । सभामा आन्दोलनले अघि सारेको म्यान्डेट अनुसार काम गर्न स्थानीय नागरिक समाजका अगुवा रुप बहादुर मल्लले आग्रह गरेका छन् । अगुवा मल्ल अनुसार मुगुमा प्रदेश, संघ र स्थानीय तहबाट सञ्चालन भएका योजनामा अनियमितता हुने गरेकाले जेनजीको ध्यान जान जरुरी रहेको बताए ।