सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा । गोलबजार नगरपालिका–८ स्थित पुरानो चौक चोहर्वामा दशकौँदेखि लाग्दै आएको ऐतिहासिक गुदरी हाटबजार पछिल्लो समय बेवास्ता र फोहोरका कारण अस्तव्यस्त भएको थियो । जेनजी आन्दोलनपछि सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति नहुँदा बजार क्षेत्र फोहोरले थिचिएको अवस्था आएको थियो । बजारको दयनीय अवस्थालाई मध्यनजर गर्दै चोहर्वा बजारका स्थानीय युवाहरूको सक्रिय सहकार्यमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । उनीहरूले बजार क्षेत्रको फोहोर हटाई वातावरण सफा र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । स्थानीय युवाहरूको यो पहलले केवल चोहर्वाको सौन्दर्य मात्रै फर्काएको छैन सामुदायिक चेतनाको उदाहरण पनि प्रस्तुत गरेको छ । बजार व्यवस्थापनमा स्थानीय तह र समुदायको सहकार्य आवश्यक रहेको स्पष्ट देखिएको छ ।