व्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता

शनिबार, भदौ २८, २०८२

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता भएकी छन । जितिया पर्वको नहाय खायको लागि शनिबार बिहान व्रतालुसँगै नुहाउने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । गौर नगरपालिका–६ का १० वर्षीय करिश्मा साह डुबेर वेपता भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेका छन् । जितिया पर्वको विधिअन्तर्गत व्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन् । यो विधिलाई तेलखरी पनि भन्ने गरिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार