चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यु आदेश 

शनिबार, भदौ २८, २०८२

चितवन । चितवनमा निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु आदेश हटाइएको जानकारी दिएको हो । नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  ‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति चितवनको मिति २०८२/०५/२६ गतेको निर्णयानुसार चितवन जिल्लाभरको सीमाभित्र लागु हुने गरी जारी भएको निषेधाज्ञा एवं कर्फ्यु आदेश मिति २०८२/०५/२८ गते बिहान ७ बजे देखि लागु हुने गरी हटाइएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिका उल्लेख छ ।  निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार