सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जेन जी पुस्ताको प्रदर्शनपछि विकसित राजनीतिक परिस्थितिले मुलुकले नयाँ सिराबाट प्रधानमन्त्री पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सहमत भएपछि जेन जीको प्रदर्शनले सार्थकता पाएको छ । कार्कीलाई आजै राती ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयले आजै राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको जानकारी दिएको छ । उनका अनुसार मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ । सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ ।