सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको भने अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको हो ।