दक्षिण कोरियामा कोभिड चौथो वेभका सङ्क्रमित बढ्दै 

शुक्रबार, साउन १, २०७८

सोल । दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीले गएको शनिबार कोभिड–१९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।  दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्याङ्क हेर्दा कोभिड–१९ का सङ्क्रमित एकै दिनमा धेरै अर्थात एक हजार ६०० जना भेटिएको बताएका छन् । 
हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । 
दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तररुपमा कम्तीमा पनि एक हजारजना सङ्क्रमित देखिएका हुन् ।  योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या एक लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितको संख्या बढ्दो देखिएको छ ।    
पछिल्ला हप्तामा यसरी सङ्क्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन् । दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि सङ्क्रमितको संख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।
यही तथ्याङ्ककै आधारमा यहाँका स्वास्थ्य अधिकारीले गत बुधबार नै दक्षिण कोरिया औपचारिकरुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।   
बुधबार मध्यराति अर्थात् २४ घन्टा यताको गणनामा देखिएका सङ्क्रमतिमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।
यहाँ अहिलेसम्म दुई हजार ५० जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान गएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीका  अनुसार यहाँको मृत्यु दर १.१८ प्रतिशत रहेको पाइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार