३६ प्रतिशत श्रीलङ्कालीले लगाए कोरोनाको पहिलो खोप

शुक्रबार, साउन १, २०७८

कोलम्बो । श्रीलङ्काका ३० वर्षमाथिका कूल मानिसमध्ये ३६ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । देशको स्वास्थ्य प्रवद्र्धन विभागले उनीहरूले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो । विभागले कोरोनाभाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ । तीमध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको पनि विभागले जानकारी दिएको छ । ‘देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तीमा एउटा खोप पाएका छन् भने तीमध्ये २१ प्रतिशतले दुवै खोप लगाएका छन्” एक अधिकारीले भने ।
श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने अभियान चलाइएको जानकारी दिएका छन् ।  आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सबैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विषेश संयन्त्रसमेत परिचालन गरिएको उहाँले बताउनुभयो ।– सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार