राष्ट्रपतिले डाकिन दुवै सदनको अधिवेशन  

बिहीबार, असार ३१, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सर्वाेच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै साउन ३ गते भित्र संसद् अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो । नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम सरकारको सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रियसभाको अधिवेशन केही दिन अघि मात्रै अन्त्य गरिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार