सुनको मूल्य तोलामा २५ सयले बढ्यो 

शुक्रबार, भदौ २०, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार