सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । महान्यायाधिवक्तालाई सरकारको कानूनी सल्लाहकार मानिन्छ । उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।