एमाले संसदीय दलको बैठक भोलि 

बिहीबार, असार ३१, २०७८

काठमाडौँ ।  नेकपा (एमाले)  संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ ।  एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद्  कक्षमा बैठक बस्न थालेको हो ।  आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार