सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नयाँ सरकार बन्ने वित्तिकै नेपालस्थिति कुटनीतिक नियोगका पदाधिकारीको सक्रियता हेर्न लायक हुने गर्दछ । नेपालमा राजनीतिक परिवर्तनका बेला दक्षिण भारतको प्रभाव अलि बढी नै देखिने गर्दछ । उसले जुन सुकै सरकार बने पनि कार्यपालिका प्रमुखलाई भेटघाट गरी आफ्नो चासो स्पष्ट पार्ने गर्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकार बने लगत्तै भारतले यो क्रमलाई निरन्तरता दिइसकेको छ । शपथ गरेको भोलिपल्टै प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठ पुगेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्यात्राले बधाई तथा शुभकामना दिइसकेका छन् । भारतपछि अमेरिका पनि कुटनीतिक सक्रियातामा अघि नै आउन थालेको छ । आज प्रधानमन्त्री देउवालाई बिहान बुढानिलकण्डमा पुगेर अमेरिकी सरकारको चासो तथा शुभकामना दिएका छन् । पराष्ट्र मन्त्रालयले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत ¥याण्डी बेरीले भेट गरेको तस्बिर सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयको ट्वीटमा भनिएको छ, ‘नेपाल–अमेरिका सम्बन्धका विविध पक्षसहित स्वास्थ्य उपकरण सहयोग सम्बन्धमा छलफल भएको छ ।’