सोसल मिडिया
Contact Us
युनिकोड
वासिङटन डिसी । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । ट्रम्पले अगस्ट ७ बाट भारतमा व्यापार घाटाको कारण २५ प्रतिशत कर लगाएका थिए अर्थात् अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५० प्रतिशतसम्म हुनेछ । मंगलबार जारी आदेशमा भनिएको छ, ‘भारतबाट आउने सामानमा यो कागजातको सूचीमा उल्लेख गरिएको महसुल लागू हुनेछ । यी चीजहरू या त प्रयोगको लागि अमेरिका ल्याइनेछ वा प्रयोगको लागि गोदामबाट बाहिर निकालिने छ। यो नियम अगस्ट २७ अगस्टमा राती १२ः०० बजे देखी लागू हुनेछ ।’ यसवाट प्रभावित हुने उद्योगहरू धेरै रहेका छन् । मुख्यतयाः ट्रम्पको ट्यारिफले गहना, कपडा, अटो, समुद्री खाना क्षेत्रका उद्योगहरूको नाफा घटाउन सक्छ। अमेरिकासँग व्यापार सम्झौता नगरिए वा भन्सार नघटाए ४८ अर्ब २ करोड डलरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् । यो अमेरिकी शुल्कले आईटी, औषधि र इलेक्ट्रोनिक उद्योगहरूलाई भने असर गर्दैन । हाल इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ। यो घोषणा नभएसम्म एप्पल, सामसुङ जस्ता स्मार्टफोनको अमेरिका निर्यातमा कुनै असर पर्ने छैन । फार्मामा हालको ट्यारिफ शुन्य प्रतिशत हो । तर, ट्रम्पले १८ महिनामा १५० ट्यारिफ र पछि २५० ट्यारिफ लगाउने धम्की दिएका छन्। यो लागू नभएसम्म छुट जारी रहनेछ। आईटी उद्योग सेवा क्षेत्रको एक हिस्सा हो, त्यसैले यो पनि यो ५० प्रतिशत ट्यारिफको दायरामा आउँदैन । एनबीसी रिपोर्टका अनुसार भारतबाट अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गरगहना, कपडा, मेसिनरी र रसायन हुन्। ५० प्रतिशत ट्यारिफका कारण अमेरिकामा यी वस्तुहरू महँगो हुनेछन् र त्यहाँबाट अर्डरहरू घट्नेछन् । कम अर्डरको कारण कम्पनीहरूले आफ्नो उत्पादन घटाउनु पर्नेछ, जसले लेअफ निम्त्याउन सक्छ। यसको मतलब यी क्षेत्रहरूमा रोजगारी गुमाउने खतरा छ। तर, कुन क्षेत्रबाट कतिको रोजगारी गुम्छ भन्ने अनुमान गर्न अझै गाह्रो छ ।