सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढलेसँगै नेपाली कम्युनिस्टहरु फेरि सहकार्यका लागि तयारी थालेका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ प्रचण्ड निवास खुमालटार पुगेका थिए । आज नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव ‘विप्लव’ कोटेश्वस्थित निवास पुगेका छन् । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् । साथमा नेता धर्मेन्द्र वास्तोला पनि थिए । प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् । प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् । प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ । विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् । माधव–विप्लव भेटका क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित भएको उनको सचिवालयले जनाएको छ ।