उखु किसानलाई अनुदान रकम निकासा 

किसान र मन्त्रालयका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता
मंगलबार, भदौ १०, २०८२
Global Ime Bank

काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्साहन, अनुदानबापतको रकम मंगलबार निकासा गरेको छ । अर्थ मन्त्रालयले यसबापत ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्‍को बैठकले यस पटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो । यो रकम नपाउँदा उखु किसानले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । यसअघि उखु किसानहरुले प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहनस्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लगे पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । यसैबीच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत छन् । यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार