चीनको जियान्सु प्रान्तस्थित होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो

बिहीबार, असार ३१, २०७८

नानजिन । चीनको पूर्वीप्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको छ । गत सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका थिए । जियान्सु प्रान्तका अधिकारीले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको हो । भत्केको सो भवनमा करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठको निधन भएको र अरु हराइरहेका चिनिया अधिकारीले जनाएका थिए । त्यसमा च्यापिएकाको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीले काम गरिरहेका छन् ।  सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ । उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकामध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ । चिनियाँ अधिकारीले बुधबार बिहान ०९ बजे उक्त उद्धारकार्यको अन्त्य भएको बताएका छन् ।–सिन्ह्वा


 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार