पाकिस्तानसँगको सीमा नाका तालिबान समूहद्वारा कब्जा गरेको दाबी 

बिहीबार, असार ३१, २०७८

कान्दाहार । तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ । यद्यपि अफगान अधिकारीहरूले उक्त चौकी तालिबानद्वारा कब्जा गरिएको कुरालाई अस्वीकार गरेका छन् ।
तर सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा तालिबान विद्रोहीहरूले पाकिस्तानी सीमा सुरक्षा बलसँग कुराकानी गरिरहेको देखिन्छ ।
तालिबानले उक्त सीमा नाकालाई नियन्त्रणमा लिएको दाबी गरेका छन् । हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन् । उनीहरूले श्रृङ्खलाबद्धरूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् । यसरी कब्जा गरिएका सीमा क्षेत्रहरूमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू रहेका छन् । राष्ट्रपति जो बाइडनले तय गरेको मिति सेप्टेम्बर ११ भन्दा अघि नै अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आफ्ना आक्रमणहरूलाई सशक्त पार्दै गइरहेका छन् । 
२० वर्षअघि अमेरिकी सेनाको नेतृत्वमा तालिवानको नेतृत्वमा रहेको सरकारलाई नेटो सेनाको सहयोगमा विस्थापित गरिएको थियो ।– एएफपी 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार