गुडिरहेको गाडीमा बम विष्फोट, चिनियाँ नागरिकसहित १२ को मृत्यु

बिहीबार, असार ३१, २०७८

इस्लामाबाद । पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम विस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । आक्रमणमा परी ३९ घाइते भएका छन् । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।  स्थानीय समय बुधबार बिहान ७ बजे चिनियाँ कम्पनीले निर्माणका लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो । दूतावासले एक विज्ञप्तिमा भने पाकिस्तानी पक्षले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दूतावासले विस्फोटपछि तत्काल आपत्कालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गरेको छ । पाकिस्तानी सेना र विदेश विभाग तथा आन्तरिक मन्त्रालयलगायत पाकिस्तानी सरकारी विभागहरूसँग सम्पर्क राखी पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ ।’ जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ । 
बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकप्टर पठाएको छ ।
दूतावासले उक्त बम विष्फोटमा घाइते तथा मृतकप्रति हार्दिक संवेदना र दुःख व्यक्त गरेको छ । जिल्लाको दासु क्षेत्रका सहायक आयुक्त असिम अब्बासीले सिन्ह्वालाई घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने बताएका छन् । 
जिल्लाका डेपुटी कमिसनर मुहम्मद आरिफले सञ्चारमाध्यमसँग भने, ‘गम्भीर घाइतेहरुलाई प्रान्तको राम्रो सुविधा भएका अस्पतालमा लगिएको छ र सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान सुरु गरेको छ’ मुहम्मदले भने । घटनाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । 
सो प्रान्तको दासु क्षेत्रमा कामदार लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए ।
बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुमध्ये अधिकांश गम्भीररुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेलाई यहाँका सुरक्षाकर्मीले अस्पतालसम्म पु¥याएका थिए ।–सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार