सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार रिहा भएका छन् । विशेष अदालतमा आज उपस्थित भएका गच्छदारलाई १० लाख धरौटि बुझाएर रिहा गर्न अदालतले आदेश दिइएको थियो । अदालतको आदेश लगत्तै गच्छदार १० लाख रुपैयाँ धरौटि बुझाएर रिहा भएका हुन् । ललिता निवास प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीसँगै चार मन्त्री तथा पूर्व सचिवसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । आज अदालत हाजिर भएका उनीमाथि थुनछेक बहस चलेको थियो । गच्छदारविरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको थियो ।