दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

बिहीबार, साउन २९, २०८२
Global Ime Bank

काठमाडौं । दरमखोला हाइड्रोपावरको आईपीओ आज बाँडफाड भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो ।  २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।  बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार