आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो 

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।  यस्तै चाँदीको मूल्य भने बढेको छ ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार