सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले यस अवधिमा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १४.११ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशत बढेर ३ अर्ब २२ करोड २० लाख ४० हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेर २१ अर्ब २७ करोड ६४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड ५ लाख ७८ लाख रुपैयाँ छ । बैंकको निक्षेप संकलन १२.९५ प्रतिशत बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ११.४६ प्रतिशत बढेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब ४२ करोड ४५ लाख १९ हजार रुपैयाँ लगानी गरेको थियो । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ र जगेडामा २४ अर्ब २१ करोड लाख ५ हजार हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६.९९ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । यता खराब कर्जा भने ४.१७ बाट बढेर ४.८७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत छ ।