देउवा मन्त्रिपरिषद् पाँच सदस्यीय

मंगलबार, असार २९, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा काग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।  नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।  पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए ।

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाएको छ । 
माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएपछि देउवाले उनीहरुलाई मन्त्री बनाएका हुन् । शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने टुंगो लगाएको थिएन । 
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार