सोसल मिडिया
Contact Us
युनिकोड
काठमााडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई देखि तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा बुधबार देखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने, ‘भृकुटिमण्डप परिसरमा अहिले जे जस्ता संरचना छन् ति संरचना भत्काइने छन् र यहाँ अत्याधुनिक, व्यवस्थित, आर्कषक प्रकारको प्रदर्शनी स्थल बन्ने छ । त्यसका लागि हामीले डिजाइनको लागि विश्व बजारबाट समेत कन्सल्टेन्सी सर्भिस लिन सक्छौं । कस्ट्रक्सनका लागि हामीले अन्तराष्ट्रिय निमार्ण व्यवसायीलाई आमन्त्रण गर्न सक्छौं । त्यो तहमा सरकारले सोचिरहेको छ ।’ ‘यो बजेटमा बोलिएको मात्र हैन कार्यान्वय हुने विषय पनि हो । म एक वर्ष त भन्न सक्दिन दुई वर्षमा पनि नभ्याइन सक्छ तर ढिलोमा पनि सके दुई वर्ष भित्र नभएपनि तीन वर्षभित्र यो भृकुटिमण्डपमा आधुनिक र अत्याधुनिक अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भैसक्नेछ ।’